Holiday Notice
बिदा सम्बन्धी सूचना
🌺 तीज तथा ऋषि पञ्चमीको हार्दिक शुभकामना 🌺
आदरणीय अभिभावकज्यूहरू, विद्यार्थीहरू तथा शिक्षक–कर्मचारीवर्गलाई सूचित गरिन्छ कि हरितालिका तीज तथा ऋषि पञ्चमी पर्वको अवसरमा विद्यालयको नियमित पठनपाठन देहायबमोजिम बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
📅 २९ गते भदौ, २०८३ : तीज
📅 ३० गते भदौ, २०८३ : ऋषि पञ्चमी
नोट : भदौ २९ र ३० गते बिहानी कक्षाहरू समेत बिदा रहनेछन् ।
विद्यालयको नियमित पठनपाठन ३१ गते भदौ, २०८३ गतेदेखि पूर्ववत् समयअनुसार सञ्चालन हुनेछ।
यस पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारीहरूमा सुख, शान्ति, समृद्धि एवं हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
-विद्यालय प्रशासन
एक दिने पद यात्रा सम्बन्धि सूचना
आदरणीय अभिभावक ज्यू,
विद्यार्थीमा अतिरिक्त ज्ञानको विकास होस् भन्ने उद्देश्यका साथ यस विद्यालयमा कक्षा आठ, नौ र दसमा
अध्ययनरत विद्यार्थीहरुलाई यहि असोज ३१ गते शुक्रबारको दिन पद यात्रा (HIKING) को कार्यक्रम रहेको
जानकारी गराउन चाहन्छौं । उक्त दिनको लागि आफ्ना नानीबाबुहरुलाई विद्यालयको HOUSE UNIFORM मा पठाउन हुनको लागि जानकारी गराउदछौं ।
विद्यालय सञ्चालन सम्बन्धमा ।
आदरणीय अभिभावकवर्ग,शिक्षक शिक्षिका, कर्मचारी एवं प्रिय विद्यार्थीहरु,
विषय :-विद्यालय सञ्चालन सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा मिति २०८२ साल अशोज २३ गते बिहिवार देखि यस विद्यालयको नियमित पठनपाठन तथा प्रशासनिक गतिविधि नियमित समयमै सञ्चालन हुने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ । धन्यवाद !
दसैको लामो बिदा पश्चात् विद्यालय खुलेको हुनाले विध्यार्थिहरुलाइ विद्यालयमा आवश्यक पर्ने सम्पूर्ण शैक्षिक सामाग्रीका साथमा कपाल तथा नङ् काटेर पठाउनुहुन अनुरोध गर्दछौ ।
-विद्यालय प्रशासन