Notice Board

एक दिने पद यात्रा सम्बन्धि सूचना

आदरणीय अभिभावक ज्यू,
 विद्यार्थीमा अतिरिक्त ज्ञानको विकास होस् भन्ने उद्देश्यका साथ यस विद्यालयमा कक्षा आठ, नौ र दसमा 
 अध्ययनरत विद्यार्थीहरुलाई यहि असोज ३१ गते शुक्रबारको दिन पद यात्रा (HIKING) को कार्यक्रम रहेको 
 जानकारी गराउन चाहन्छौं । उक्त दिनको लागि आफ्ना नानीबाबुहरुलाई विद्यालयको HOUSE UNIFORM मा पठाउन हुनको लागि जानकारी गराउदछौं ।
 

विद्यालय सञ्चालन सम्बन्धमा ।

आदरणीय अभिभावकवर्ग,शिक्षक शिक्षिका, कर्मचारी  एवं प्रिय विद्यार्थीहरु,

विषय :-विद्यालय सञ्चालन सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा  मिति २०८२ साल अशोज २३ गते बिहिवार देखि  यस विद्यालयको  नियमित पठनपाठन तथा प्रशासनिक गतिविधि नियमित समयमै   सञ्चालन हुने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।  धन्यवाद !
दसैको लामो बिदा पश्चात् विद्यालय खुलेको हुनाले विध्यार्थिहरुलाइ विद्यालयमा  आवश्यक पर्ने सम्पूर्ण  शैक्षिक सामाग्रीका साथमा कपाल तथा नङ् काटेर पठाउनुहुन अनुरोध गर्दछौ ।  
                                
   -विद्यालय प्रशासन